नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीको नाम पनि चर्चामा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अन्तिम अवस्थामा पुगिरहेका बेला अर्बपति व्यापारी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीसमेत यस प्रकरणमा अप्रत्यक्ष रूपमा तानिदैँछन् ।

सांसद चौधरीको घरमा शरणार्थी छुटसम्बन्धी फारम भर्दै गर्दाको भिडियो सार्वजनिक भएसँगै यो प्रकरणमा नयाँ कुरा आएको हो । कांग्रेस पूर्वसांसद आङटावा शेर्पा र उनको आफन्त डजोन शेर्पाले नक्कली भुटानी शरणार्थी प्रमाणीकरण गर्न व्यापारी विनोद चौधरीको घर प्रयोग गरेर फर्म भर्ने र आर्थिक लेनदेन गरेको भिडियो बाहिरिएको हो । पूर्वमन्त्री महेश बस्नेतले आङटावाले चौधरी निवासमा बसेर दर्जनौ व्यक्तिहरुको फारम भर्दाको भिडियो सार्वजनिक गरेका हुन्।

सार्वजनिक भएको भिडियोमा फर्म भर्नेहरूले विनोद चौधरीको घर देखाएर उनको नाम लिइरहेको भन्दै पूर्वमन्त्री बस्नेतले प्रहरीले अहिलेसम्म गरेको छानविनको उच्च सम्मान गर्दै थप अनुसन्धानको माग गरेका छन् । पूर्वसांसद आङटावा पक्राउ पुर्जी जारी भएसँगै हिजो सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर