आज मंगलबार उकालो लाग्यो सुनको मूृल्य

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो।तोलामा १०० रुपैयाँले बढेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँ पुगेको छ।

सोमबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। सोमार छापावाल सुन प्रतितोला १ लाख ११ हजार र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको महासंघले जनाएको छ। सोमबारजस्तै मंगलबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर