फिल्म ‘जरा हट्के जरा बच्के’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भारतीय अभिनेता विक्की कौशल र अभिनेत्री सारा अली खान अभिनित फिल्म ‘जरा हट्के जरा बच्के’ को ट्रेलर सार्वजनिक भएको छ ।

२ मिनेट २२ सेकेण्ड लामो सार्वजनिक उक्त फिल्मको ट्रेलरमा विक्की र सारा श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन् ।

ट्रेलरमा रोमान्स र ड्रामाको मिश्रण देखाइएको छ । फिल्ममा कपिल र सौम्या नाम गरेको विवाहित जोडीको कथालाई प्रस्तुत गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्ममा किशोर अवस्थाको प्रेम, प्रेम पछिको विवाह र विस्तारै सम्बन्धमा आएको खटपट र अन्तत सम्बन्ध विच्छेद सम्मको कुराहरुलाई समेटिएको बताइएको छ ।

निर्देशक लक्ष्मण उतेकरको निर्देशनमा बनेको फिल्म जुन २ बाट हलहरुमा प्रदर्शन हुँदैछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर