आज मंगलबार मुम्बई र लखनउ भिड्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज मंगलबार एक खेल हुदैछ ।

आइपीएल २०२३ को ६३ औं खेलमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सको बीचमा खेल हुनेछ ।

लखनउको घरेलु मैदान ऐकना स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।

लखनउले पछिल्लो खेलमा सनराईजर्स हैदराबादलाई पराजित गरेको थियो । लखनउ बाह्र खेलमा छ जित र पाँच हारका साथ शीर्ष स्थानमा रहेको छ ।

आजको खेल जितेर लखनउ प्लेअफ प्रवेशको सम्भावनालाई बलियो बनाउन चाहन्छ ।

उता,मुम्बई पनि यस खेलमा जित हात पारेर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ । मुम्बई बाह्र खेलमा सात जित र पाँच हारका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

अघिल्लो खेलमा मुम्बईले गुजरात टाईटन्सलाई पराजित गरेको थियो । आजको खेलमा सहज जितका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लने दुवै टोलीको लक्ष्य रहने छ ।

यि दुई टोलीबीचको कुल दुई खेल भएकोमा लखनउ अपराजित रहेको छ । यो सिजन दुई टोली पहिलो पटक खेल्दै छन् ।

२०२२ मा भएको पछिल्लो भेटमा लखनउले ३६ रनको जित दर्ता गरेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर