कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले गरे आत्मसमर्पण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले सोमबार साँझ प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। शेर्पा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आफै गएर गिरफ्तारी दिएको प्रहरीले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
शेर्पा यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बचाउन निकै लागेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर