पाकिस्तानमा सर्वोच्च अदालतविरुद्ध प्रदर्शन, न्यायमूर्तिमाथि इमरानलाई गुप्त राहत दिएको आरोप

काठमाडौं । पाकिस्तानको सत्तारुढ गठबन्धनमा समावेश एउटा इस्लामिक पार्टीले देशको सर्वोच्च अदालतलगायत सबै अदालतविरुद्ध मोर्चा खोलेको छ । जमियत उलेमा(ए–इस्लाम–फज्ल (जेयुआइ–एफ) का कार्यकर्ताहरूले सोमबार सर्वोच्च अदालतलगायत सम्पूर्ण न्याय प्रणालीको विरोध गरेका छन्। पार्टीले आरोप लगाएको छ कि अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धेरै मुद्दाहरूमा गुप्तरूपमा राहत दिइरहेको छ।

धारा १४४ लगाइए पनि, यस राजनीतिक दलका धेरै कार्यकर्ता र समर्थकहरूले इस्लामाबादको रेड जोनमा प्रदर्शन गरे। उल्लेखनीय छ कि, पाकिस्तानको १३ दलको सत्तारुढ गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) ंका अध्यक्ष मौलाना फजल(उर–रहमानले आफ्नो गठबन्धनलाई दिइने सुविधाका सम्बन्धमा सर्वोच्च अदालतमा उजुरी गर्ने घोषणा गरेका थिए।

पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुखले प्रधानन्यायाधीश उमर अता बन्दियालको बाहिर विरोध प्रदर्शन गरेको बताए । उनले भने, पीडीएमका कार्यकर्ताहरू सर्वोच्च अदालत परिसरको पर्खाल नाघेर भित्र घुसेर विरोध गरेका थिए । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर