‘बादल’ का छोरा प्रतीक थापाविरुद्ध पक्राउ अनुमति जारी

काठमाडाैँ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले प्रतीकविरुद्ध शुक्रबार पक्राउ अनुमति जारी गरेको गृह मन्त्रालयका एकजना अधिकृतले जानकारी दिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी प्रकरणमा प्रतीकको संलग्नता देखिएको छ । एमालेका उपाध्यक्ष  रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेकाे बताइएकाे छ ।

यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित १२ जना थुनामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर