आरजुले खाइन छोराको कशम, र भनिन्, “भुटानी शरणार्थी प्रकरणमा एक पैसा पनि खाएको छैन”

काठमाडौं । नेपाली कांग्रेसकी महिला नेत्री एवं उनै पार्टीकी समानुपातिक सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा एक पैसा नलिएको दावी गरेकी छन्। केहीदिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको समेत नाम जोडिएको एक अडिओ सार्वजनिक भएको थियो।

सोही प्रकरणमा एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिदै उनले आफ्ना छोरा जयवीरको कशम खाँदै एक पैसो नखाएको बताएकी हुन् । उनले भनिन्, ‘मेरो आत्मा होइन मेरो छोरो जयवीरकै कशम खाएर म भन्छु, भुटानी शरणार्थी प्रकरणमा एक पैसा खा छैन।’

बालकृष्णले प्रहरीको हातबाट खोसेर प्रमाणको कागज खाएको विषयमा पनि उनले टिप्पणी गरिन। ‘म कागज खाने, घाँस खाने मान्छे होइन । भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन । अडियो फेक हो ।’ उनले भनिन्, ‘मञ्जुका बारेमा मलाई थाहा छैन । म उसको जिम्मेवारी लिन सक्दिनँ । ऊ मसँगै २४ सै घण्टा हिँड्ने मान्छे हो र ?’

मञ्जु भने सम्पर्कबाहिर छन्। प्रतिनिधिसभाकी सदस्यसमेत रहेकी मञ्जुले गत बुधबार सदनको शून्य समयमा बोल्न नाम लेखाएकी थिइन। तर, पति पक्राउ परेपछि उनी फोन अफ गरेर सम्पर्कविहीन छन् । काठमाडौंमा उनी नयाँदिल्ली हुँदै अष्ट्रेलिया पुगिसकेको चर्चा चलेपनि यसको  पुष्टि हुन सकेको छैन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर