बलिउड अभिनेत्री परिणीति चोपडाको इन्गेजमेन्ट

काठमाडौं । बलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टी (आप) का नेता राघव चड्ढाबीच इन्गेजमेन्ट भएको छ । नयाँदिल्लीको बिकानेर हाउसमा शनिबार साँझ उनीहरुको इन्गेजमेन्ट हो ।

इन्गेजमेन्टमा परिवारका निकटवर्ती सदस्यहरूको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अभिनेत्री चोपडाले सामाजिक सञ्जालमा फोटोहरु पोस्ट गर्दै आफ्नो सम्बन्धबारे सार्वजनिक गरेकी हुन् । यसअघि दुबैले प्रेमसम्बन्ध र बिहेको बारे खुलाएको थिएन । यसै वर्षको अन्त्यसम्ममा यी दुईको विवाह हुने बताइएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर