साउथह्याम्टन इंग्लिस प्रिमियर लिगको रेलिगेसनमा

काठमाडौं ।साउथह्याम्टन इंग्लिस प्रिमियर लिगको रेलिगेसनमा परेको छ ।

घरेलु मैदानमै फुलहमसँग २–० ले पराजित भएपछि साउथह्याम्टन ११ वर्षपछि दुई खेल बाँकी हुँदै रेलिगेसनमा परेको हो ।

शनिबार राति सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिन पुगेको थियो ।

दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गरे पछि फुलहमले १–० को अग्रता लिन सफल भयो र ७२औं मिनेटमा एलेक्सान्डर मित्रोभिचले ले ह्यारी विल्सनको पासमा गरेको दोस्रो गोल नै निर्णायक हुन पुग्यो । अन्ततः फुलहम २-० ले विजेता बन्यो ।

यो जितसँगै फुलहम ३६ खेलबाट ५१ अंक जोडेर नवौं स्थानमा छ भने पराजित साउथह्याम्टन ३६ खेलबाट २४ अंक जोडेर पुछारमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर