बालेनको अपिल महानगरवासीलाई २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले काठमाडौंवासीका लागि २४ सैँ घण्टा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरेको छ।

१०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने महानगरले जनाएको छ। यो सुविधाको लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। महानगरका मेयर बालेन्द्र (बालेन) साहले काठमाडौंमा एम्बुलेन्स सेवा निःशुल्क गरिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘काठमाडौं भरी २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर