माग पूरा गर्ने आश्वासनपछि पोलबाट तल झरे युवक

काठमाडौं । सडक किनाराको पर्खाल बलियो र गुणस्तरीय बनाउन माग गरेर पोलमा चढेका बूढीगंगा –७ डंग्राहाका ४० वर्षे दिनेशकुमार माझीको १६ घन्टापछि उद्धार गरिएको छ ।

उनको माग सम्बोधन गर्न गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर त्यस स्थानमा पुगेपछि माझीलाई सकुशल उद्धार गरिएको हो ।

यसअघि उनको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल नभएपछि गाउँपालिकाका अध्यक्षलाई बोलाएर छलफल गरेपछि हाई भोल्टेज विद्युत प्रवाह भइरहेको पोलबाट उनी उत्रेका हुन् । उनी उक्त पोल शनिबार बिहान ६ बजेतिर चढ्ेका थिए । १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलबाट उनलाई उद्धार गर्न निकै लामो समय लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर