माग पूरा गराउन विद्युत प्रसारणको टावरमा चढे एक युवा

काठमाडौं । मोरङमा निमार्णाधीन ‘रिटेनिङ वाल’ गुणस्तरहीन भएको भन्दै प्रसारण लाइनको टावरमा चढेका युवा नेपाली सेनाका पूर्व जवान रहेको खुलेको छ । टावरमा चढेका ४० वर्षीय दिनेश कुमार माझीले शान्ति सेनाबाट फर्केपछि जागिर छोडेका उनका छिमेकीहरूले बताएका छन् ।​

बुढीगंगा गाउँपालिका ७ डंग्राहास्थित वडा कार्यालयदेखि दक्षिण जाने सडकमा ‘रिटेनिङ वाल’ निर्माण भइरहेको छ । निमार्णाधीन रिटेनिङ वालको गुणस्तरमा प्रश्न उठाउँदै उनी १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् । आफ्नो माग पूरा नभए आत्मदाह गर्ने उनले चेतावनी दिएका छन् ।​

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार थारुले निमार्णाधीन काम रोकेर गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाए पछि मात्रै आफू पोलबाट झर्ने उनले बताउँदै आइरहेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर