वीरगन्जमा हप्ताको दुई दिन रात्रि बजार

काठमाडौं । वीरगन्ज महानगरपालिकाले दोस्रो पटक रात्रि बजार सञ्चालनमा ल्याएको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन दुई दिने रात्रि बजार चलाएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने योजनाअन्तर्गत रात्रि बजार सञ्चालन गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

रात्रि बजार व्यवस्थापन समितिको बैठकले नयाँ पर्वलाई दृष्टिगत गरी २०७९ चैत ३० देखि २०८० वैशाख २ गतेसम्म लगाइएको रात्रि बजार प्रभावकारी भएपछि यसलाई अझै विस्तार गर्दै लैजाने निर्णयबमोजिम दोस्रो पटक वैशाख २९ र ३० दुई दिने रात्रि बजार लगाइएको महानगरप्रमुख सिंहले बताए ।

रात्रि बजारका लागि वीरगन्जको माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म विभिन्न स्टल राखिएको छ । विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिएको रात्रि बजार व्यवस्थापन समितिका सदस्यसमेत रहेका ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

कोभिड–१९ का कारण अर्थतन्त्र पछिल्लो पटक आएको आर्थिक मन्दीका लागि झन् बिग्रिएपछि बजारको रौनक फिर्ता ल्याउँदै त्यसलाई चलायमान बनाउने उद्देश्यले रात्रि बजार सञ्चालन गरिएको सिंहको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर