आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ ।

शनिबार हुने पहिलो खेलमा सनराईजर्स हैदरावाद र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पन्जाब किंग्सको सामना गर्नेछ ।

हैदरावाद र लखनउबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । शनिबार नै हुने दिल्ली र पन्जाबबीचको दोस्रो खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर