दुई साताका लागि काठमाडौंमा मेलम्चीको पानी नआउने

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट पानी आगामी जेठ १ गतेदेखि काठमाडौंमा वितरण बन्द हुने भएको ।
आयोजनका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले आयोजनको हेडवक्र्स मर्मतका लागि करिब दुई साताका लागि बन्द गरिने बताए । उनले हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएको पनि जानकारी दिए ।
वर्षातको समयमा पनि आयोजना सुचारू राख्न अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको कुँवरको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर