युभेन्टस र सेभिल्लाले बराबरी
काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा युभेन्टस र सेभिल्लाले बराबरी खेलेका छन् ।
इटालीको युभेन्ट्स र स्पेनिस क्लब सेभियाले १–१ को बराबरी खेलेका हुन् ।
खेलको २६ औं मिनेटमा युसुफ नासिरीले गोल गर्दै सेभिल्लाकालाई अग्रता दिलाएका थिए । त्यसपछि, इन्जुरी समयको अन्तिम मिनेटमा फेडेरिको गट्टीले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए ।
अब दोस्रो लेग मे १९ मा सेभिल्लाको मैदानमा हुने छ । एजेन्सी
प्रतिक्रिया