जैसवालको बिस्फोटक ब्याटिङमा राजस्थानको सहज जित

काठमाडौं । ओपनर यशस्वी जैसवालको आक्रामक ब्याटिङको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बिहीबार कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ ।

कोलकत्ताको घरेलु मैदान ईडन ग्राडेनमा राजस्थानले ९ विकेटको सहज जित दर्ता गरेको हो ।

कोलकत्ताले दिएको १ सय ५० रनको लक्ष्य राजस्थानले १३ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।

राजस्थानका लागि यशस्वी जैसवालले ४७ बलमा १२ चौका तथा ५ छक्काको सहयोगमा अविजित ९८ रनको अर्धशतकीय ईनिङ्स खेले ।

शतकबाट २ रनले चुकेपनि जैसवाालले आक्रामक ब्याटिङ गर्दै राजस्थानलाई सहज जित दिलाए । विजयी चौका प्रहार गरेका जैसवालले १३ बलमा नै कीर्तिमानी अर्धशतक पूरा गरेका थिए ।

यस अघि २०१८ को एघारौं संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्सविरुद्ध पन्जाब किंग्सका लागि केएल राहुलले १४ बलमा नै अर्धशतक पूरा गरेका थिए ।

जैशवालले इनिङ्सको पहिलो ओभरमा नै ३ चौका र २ छक्कासहित २६ रन जोड्दै सानदार सुरुआत दिलाएका थिए । ओपनर जस बटलर दोस्रो ओभरमा रनआउट भएका थिए । तर, कप्तान सन्जु सामसन र जैसवालले दोस्रो विकेटका लागि अविजित १ सय २१ रनको साझेदारी गरी टिमलाई जित दिलाए ।

बप्तान सामसनले २९ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४८ रनको योगदान दिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनायो ।

कोलकत्ताका लागि वेंकटेस अय्यरले ४२ बलमा २ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले ।

५ औं ओभरमा दुवै ओपनर गुमाएको कोलकत्ताका लागि तेस्रो विकेटका लागि कप्तान नितिश राणा र वेंकटेस अय्यरले ३७ बलमा ४८ रनको साझेदारी गरेका थिए । कप्तान राणाले १७ बलमा २ चौकाको सहयोगमा २२ रन बनाए ।

ओपनर रमिउल्लाह गुर्वाजले १८ रन बनाउँदा अर्का ओपनर जेसन रोयले १० रन बनाए । रिंकु सिंहले १८ बलमा १ छक्काको सहयोगमा १६ रन बनाए ।

राजस्थानका लागि युजभेन्द्र चहलले ४ ओभरमा २५ ओभरमा ४ विकेट लिए । ट्रेन्ट बोल्टले २ तथा सन्दीप शर्मा र केएम आसिफले समान १/१ विकेट लिए ।

जितसँगै राजस्थान बाह्र खेलमा छ जित र छ हारमा १२ अंक साथ १० टोली सहभागी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

कोलकत्ता बाह्र खेलमा पाँच जित र सात हारका साथ सातौं स्थानमा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर