नक्कली भुटानी शरणार्थी प्रकरणको नेक्सस कारवाहीको दायरामा ल्याइने : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’ (घाँटी) लाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।

नेकपा एसले चालएको दबाब कार्यक्रमको सिलसिलामा आफूलाई भ्ट्न आएका सो पार्टीका नेता तथा जनवर्गीय सङ्गठनका पदाधिकारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भनेको मुख्य कुरा यसप्रकारको रहेको छ , ‘निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन् । यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको छ । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो । यसको सबै नेक्ससलाई कानुनी कारबाहीको दायरामा ल्याउनेतर्फ हामी अगाडि बढेका छौँ। राजनीतिक दबाबको सामना गर्ने म छुू, तपाइँहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु । मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन। दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ। प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ। दोषीलाई कारबाही गरियोस् निर्दोष नपरुन् भन्ने छ सबैको कुरा।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर