ओलीले जेठ ४ गतेसम्ममा नक्कली भुटानी शरणार्थी प्रकरणको इतिवृत्तान्त खोल्ने

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थीमा आफूहरुले तथ्यहरू खोजिरहेको र जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् ।

एमालेको बिहीबारदेखि ललितपुरमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकमा उनले भने, ‘सम्भवतः म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसद्मा बोल्ने बेलासम्ममा कुन शरणार्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोसिस गर्छु ।’

ओलीले भुटानी शरणार्थीलाई विदेशमा पुनर्वासको प्रक्रिया आफूले नै अगाडि बढाएको बताउँदै भने, ‘भुटानी शरणार्थीलाई विदेशमा पुनर्वासको प्रक्रिया मैले नै अघि बढाएको हो। भुटानले फिर्ता लान नमानेपछि उनीहरुलाई प्लास्टिकको पालमुनि बिजोग अवस्थामा राख्न सकिँदैन थियो । मैले नै अमेरिकासँग कुरा अगाडि बढाएर अहिले अधिकांश शरणार्थी पुनर्वासमा गएर राम्रो जीवनयापन गरिरहेका छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर