चितवन मेडिकल कलेजमा छात्राले आत्महत्या गरेपछि ओपिडी सेवा बन्द

काठमाडौं । चितवन मेडिकल कलेजमा अध्यनरत छात्रा सिम्रन थापा मृत फेला परेपछि विद्यार्थीहरुले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

फेडरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट्सले चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्षमा अध्ययनरत छात्रा थापाले बुधवार आन्तरिक परीक्षा दिई रहेको बेला परीक्षा हलबाट शिक्षकले जबरजस्ती मानसिक तनाव दिई निकालेको र त्यसपछि उनले आफ्नो कोठामा गई आत्महत्या गरेको आरोप लगाउदै दोषीलाई छानबिन गरी कडा कारवबाहीको माग गरेको हो।

घटनाको विरोधमा विद्यार्थीहरुले मेडिकल कलेजको शिक्षण अस्पतालका सम्पूर्ण बहिरंग (ओपिडी) सेवा अनिश्चित समयका लागि अवरुद्ध गरेका छन्। ओपिडी बन्दको आन्दोलनमा फेडेरेसनले ऐक्यवद्धता जनाएको छ। ‘चितवन मेडिकल कलेज-विद्यार्थी संघर्ष समितिका मागहरुप्रति ऐक्यवद्धता प्रकट गर्दछौं। तत्काल घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कडा कारबाही गर्न गृह प्रशासनसँग जोडदार माग गर्दछौं,’  फेडेरेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर