पुटिनद्वारा हटाइयो जर्जियाको उडान प्रतिबन्ध

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार भिसा र जर्जियामा उडान प्रतिबन्ध हटाउन दुईवटा आदेशमा हस्ताक्षर गरेका छन् । सो आदेशअनुसार जर्जियाली नागरिकलाई सन् २०२३ मे १५ देखि ९० दिनको अवधिका लागि भिसाविना नै रुसमा प्रवेश गर्न अनुमति दिइनेछ।
यो रोजगारीका लागि रूस जान चाहने जर्जियाली नागरिकहरूमा भने लागू हुने छैन। त्यसैगरी अर्को आदेशमा राष्ट्रपतिले रुसबाट जर्जियाको सीधा उडानहरूमा पूर्व प्रतिबन्ध हटाउने विषय संलग्न छ जुन सन् २०१९ जुलाई ८ मा लागू भएको थियो।
राष्ट्रपति पुटिनले दुई देशबीच बढेको तनावका कारण रुसबाट जर्जियाको यात्रु उडानहरू अनिश्चितकालका लागि निलम्बन गर्ने आदेश दिएको थियो। (एजेन्सी)
प्रतिक्रिया