पाकिस्तानमा बढ्दो हिंसा, आठजनाको मत्यु

काठमाडौं । पूर्वविदेशमन्त्री तथा इमरान खानका निकट सहयोगी शाह महमूद कुरैशीलाई पाकिस्तानमा बिग्रिएको अवस्था र राजनीतिक उथलपुथलबीच बिहीबार प्रहरीले पक्राउ गरेको छ । यसअघि बुधबार विशेष अदालतले इमरान खानलाई भ्रष्टाचारविरोधी एजेन्सीले आठ दिनको हिरासतमा पठाएको थियो। देशमा विरोध प्रदर्शन जारी छ र राजधानी इस्लामावादबाहेक तीन प्रान्तमा सेना परिचालन गरिएको छ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पीटीआईका अध्यक्ष इमरान खानलाई कानुन र संविधानबमोजिम पक्राउ गरिएको बताएका छन् । उनले भने कि पीटीआई एक राजनीतिक दलको रूपमा आफ्नो प्रतिक्रिया राजनीतिमा मात्र सीमित हुनुपर्छ। तर पीटीआईले पहिले नै निर्णय गरिसकेको थियो कि उनीहरूको प्रतिक्रिया राजनीतिक हुनेछैन र उनीहरूले लडाकु संगठनको रूपमा काम गर्नेछन् र उनीहरूले ढुङ्गा र बन्दुक उठाउनेछन् र देशमा आक्रमण गर्नेछन्।

पञ्जाब प्रहरीले प्रान्तभरि सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण गरेको आरोपमा १६ सय ५० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ। पञ्जाबका प्रहरी महानिरीक्षकले भने कि हिंसात्मक गतिविधिमा संलग्न सबै संदिग्धहरूलाई ट्रेस आउट गरी पक्राउ गरिएको छ। उनले भने, “त्यस्ता मानिसहरू दयाको योग्य छैनन् ।”

इमरान खानका समर्थकहरूले बुधबार लाहोरस्थित प्रधानमन्त्री शाहबाज सरिफको घरमा आक्रमण गरेका थिए । पुलिसका अनुसार, पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका पाँच सयभन्दा बढी बदमाशहरू बुधबार बिहान मोडेल टाउन लाहोरस्थित प्रधानमन्त्री निवासमा पुगे र त्यहाँ पार्क गरिएका सवारीसाधनमा आगजनी गरे।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले बुधबार पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा पक्राउ गरेपछि उनका समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनको निन्दा गरे र प्रदर्शनकारीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिए। देशमा विगत दुई दिनदेखि जारी आन्दोलनका क्रममा भएको भीषण हिंसापछि प्रधानमन्त्रीले राष्ट्रका नाममा संक्षिप्त सम्बोधन गरेका हुन् । समाचार एजेन्सीहरूले जनाएअनुसार पाकिस्तानमा अहिलेसम्ममा हिंसाबाट आठजनाको मृत्यृ भइसकेको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर