यसपाली मनसुन कमजोर हुने आँकलन

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा रहेको केही दिन मात्र भयो । तराई र मधेस प्रदेशमा यसपटक गर्मी बढेर जनजीवन प्रभावित भइरहेको समाचार थाम्न नपाएको बीचमै मौसमविद्हरूले यस वर्ष को मनसुनमा औसत कम वर्षा हुने आँकलन गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षायाममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना बढेको छ ।
मनसुन सरदर चाँडो भएमा जुन महिनाको पहिलो साता ढिलो भएमा दोस्रो साता पूर्वी नेपालबाट भित्रिने गर्दछ । कोशी प्रदेशका मध्य तथा उत्तर पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिणपूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा ३५ देखि ५५ प्रतिशत कम वर्षा हुने प्रक्षेपण गरिएको छ । रहेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका मध्य भूभाग (कैलाली,कञ्चनपुर, बैतडी र बझाङ), कर्णाली प्रदेशका मध्य पश्चिमी भू–भाग, गण्डकी र बागमती प्रदेशका उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भू–भाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

यस्तै अधिकतम तापक्रमतर्फ सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका पश्चिमी, उत्तरी तथा पूर्वी भू–भाग, गण्डकी प्रदेशका दक्षिणी तथा मध्य भू–भाग, बागमती प्रदेशका मध्य तथा दक्षिणी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा सरदर भन्दा बढी सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

आगामी मनसुनसम्बन्धी प्रक्षेपण विभिन्न सामुन्द्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय प्रणालीमा आधारित रहेको मौसमविद् इन्दिरा कँडेलको भनाइ छ । उनी अनुसार नेपालको मनसुन सिजनको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्थामा आधारित भएर तयार परिएको हो ।

नेपालको सन्दर्भमा काठमाडौंमा एक हजार ९२ मिलिमिटर सम्म परेको वर्षालाई न्यूनतम वर्षा मान्ने गरिएको छ भने एक हजार २५७ मिलिमिटरभन्दा माथि भए यसलाई औसतभन्दा बढी वर्षा भएको मानिने छ । यस्तै काठमाडौं बाहिर पोखराको हकमा भने दुई हजार ७३७ मिलिमिटर पानी परे न्यूनतम वर्षा भएको मान्ने गरिएको छ भने तीन हजार ५०८ मिलिमिटर माथि भएको वर्षालाई औसतभन्दा बढी वर्षा भएको मानिने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर