फिल्म ‘उलझ’ को पोष्टर सार्वजनिक

काठमाडौं । भारतीय अभिनेत्री जाह्नवी कपूर अभिनीत स्पाइ थ्रिलर फिल्म ‘उलझ’ को दुई वटा पोष्टर सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बुधबार फिल्मको निर्माण टिमले दुई तस्बिर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो ।

सुधांशु सरियाले निर्देशन गर्न लागेको फिल्ममा जाह्नवीसँगै गुलशन देवैया र रोशन मैथ्यूको पनि मुख्य भूमिका रहनेछ ।

फिल्ममा जाह्नवी, गुलशन र रोशनसँगै राजेश ताइलांग, मैयांग चांग, सचिन खेदकर, राजेन्द्र गुप्ता, जितेन्द्र जोशीलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्म एक आइएफएस अफिसरमा आधारित हुने फिल्मका कथा निर्देशक सरिया र परवेज शेखले तयार पारेका छन् ।

जाह्नवी जुनियर एनटिआरसँग फिल्म ‘एनटिआर ३०’ मा देखिनेछिन् भने उनी पछिल्लो समय ‘मिली’ फिल्ममा देखिएकी थिइन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर