इजरायलकाे आक्रमणमा परी प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहानै गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु भएको छ ।

इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई निशाना बनाएर गरेको आक्रमणमा अबु मोहम्मद नामले चिनिने कमाण्डरको मृत्यु भएको हो । इजरायली सेनाले बुधबार दिनभर र राति गरी १ सय ३० बढी निशानामा बमबारी गरेको छ ।

प्यालेस्टिनी मिलिसियाले पनि साढे ४ सय बढी रकेट इजरायलतर्फ प्रहार गरेको छ । इजरायली सेनाको आक्रमणबाट आफ्नो मिसाइल युनिटका वरिष्ठ कमाण्डर अलि हसन गलीको मृत्यु भएको इस्लामिक जिहादले स्वीकार गरेको छ । इजरायली सेनाले पछिल्ला ३ दिनमा गरेको गाजामा मात्रै करिब ५० जनाको ज्यान गइसकेको छ ।

इजरायली सेनाको आक्रमण बिहीबार पनि जारी रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर