बालकृष्ण खाँणलाई निलम्बन गर्ने तयारी

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । बुधवार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उहाँमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।

आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ । खाँण कांग्रेसका केन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर