एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, १० वटा विषयवस्तु तय

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बिहीबरदेखि सुरु हुदैँछ । गत मङ्सिर ४ गते सम्पन्न उपनिर्वाचन पछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक ललितपसरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

ुुयसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० वैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको होुु, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो ।

उक्त सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, चौथो केन्द्रीय कमिटी बैठकपछि भएका सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयको जानकारी र अनुमोदन गराउने, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुहुने, मिसन ग्रासरुट अभियानको समीक्षा, मिसन ग्रासरुट अभियानलाई आधार मानेर पार्टीले वार्षिक कार्य योजना बनाउने, पार्टीले नवप्रवेशीलाई व्यवस्थापन गर्न सम्बन्धमा र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्ने लगायतका एजेन्डाहरू तय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर