प्रहरीको अनुसन्धानमा वाधा पु-याउन हुन्न भन्ने तीन दलको समझदारी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा थालेको प्रहरीको अनुसन्धानमा वाधा पु¥याउन नहुने (डिस्टर्ब) तीन दलमा समझदारी भएको बताएका छन् ।

तीन दलको सिंहदरबारमा बुधबार भएको बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो समझदारी भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर