कीर्ते अडियोको अनुसन्धान गर्न आरजु देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री डा. आरजु देउवा राणाले आफ्नो आवाजको फेक (कीर्ते) अडियो बनाई नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडेर बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको पाइएकोले दोषीमाथि कडा कारवाही र अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् ।

डा. देउवाले बुधबार अपराह्न दिएको निवेदनमा ‘विभिन्न सञ्चारमाध्यामहरुमा सार्वजनिक गरिएको, मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् रु उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य, तथ्य ब्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर