“नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन्”

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा नेपालले अहिले भ्रष्टाचारका फाइल खोलिन थालेको भन्दै नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने कुरा देखिएको बताए ।

उनले भ्रष्टलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गर्दै नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढिरहेको आशंका व्यक्त गरे ।

उनले भने, ‘‘राजनीति र नेताप्रति पनि निराशा बढेको छ। निराशा बढेपछि विकल्प के ? पहिला त अझै क्रान्तिकारी पार्टी भनेर विकल्पको रुपमा मान्छे दर्शन हेर्ने गर्दथे। सिद्धान्त हेर्ने गर्दथे। त्याग, तपस्या र बलिदान हेर्ने गर्दथे। अहिले त्यो हेरिरहेका छैनन्, अहिले कताकता सोसल मिडियाबाट प्रभावित भएर नयाँ पुस्ताले उनीहरुलाई सजिलै मानिसकेका छन्। उनीहरुले सहजै आफ्नोतर्फ तान्न थालेको स्थिति छ। नेपालको भविष्य के हुने हो ? भन्ने नेपाली जनताको भविष्य के हुने हो ? नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ। यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरुका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ कि नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन्। हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन्। उपप्रधान एवं गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईंले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस्। जुनसुकै व्यक्तिहरु जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस्। नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर