फरार नेता टोपबहादुर रायमाझी बिरामी परेका हुन् त ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी गरिएका एमालेका पार्टी सचिव एवं अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको बेहोराको पत्र संसद सचिवालयमा पठाएको बुझिएको छ ।

संसद सचिवालयले उनको पत्र बुझेको वा दर्ता गरेको पुष्टि हुन सकेको छैन । नेपाल प्रहरीको फरार सूचीमा रहेका अभियुक्तको पत्र कानुनी विषय हुन सक्ने भएकाले उक्त पत्रबारे सचिवालयले केही बताएको छैन । फरार पार्टी सचिवलाई बुधबार नेकपा एमालेले निलम्बन गरेको छ ।

पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “‘हामी विधिको शासनमा विश्वास गर्दछौं। राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ । सोही मान्यताअनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो। उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो। तर पार्टी नेतृत्वलाई दिएको विश्वासविपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर