आयल्यान्डले नेपालसँगै विश्वकप छनोट खेल्ने

काठमाडौं । टेस्ट राष्ट्र आयरल्यान्ड नेपालसँगै विश्वकप छनोट प्रतियागिता खेल्ने भएको छ ।

आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएको छ । आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा आयरल्यान्डले सहभागीता जनाउने भएको छ ।

विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ । सुपर लिगको अन्तिम सिरिजको पहिलो खेलमा बर्षाका कारण खेल रद्द भए पछि बंगलादेशसँग अंक बाडेको आयरल्यान्डले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो ।

पाहुना टोलीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको घरेलु टोलीले ३ विकेट गुमाएर ६५ रन बनाउँदा बर्षाका कारण खेल रोकिएको थियो ।

रोकिएको खेल पुनः सुरु नभए पछि दुवै टोलीले अंक बाडेका हुन् । आयरल्यान्डले छनोट खेल्ने भएपछि दक्षिण अफ्रिकाले विश्वकपमा सिधा स्थान बनाएको छ ।

सुपर लिगमा सहभागी रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे र नेदरल्यान्ड्सले यस अघि नै विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । त्यसमा अब आयरल्यान्ड पनि थपिएको छ ।

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् । यसमा अब दक्षिण अफ्रिका थपिएको छ ।

विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर