च्याम्पियन्स लिगमा रियल र सिटीको बराबरी

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन् ।

दुवै टिमले पहिलो लेगमा बराबरी खेल्दै फाइनल प्रवेशको सम्भावनालाई खुल्लै राखेका छन् ।

रियलको घरेलु मैदानमा स्यान्टियागो वर्नबेउमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको ३६ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अघि बढाएका थिए । खेलको ६७ औं मिनेटमा केभिन डि ब्रोएनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अर्को बुधबार रियल मड्रिड दोस्रो लेग खेल्न म्यानचेस्टर भ्रमणमा निस्कनेछ । सिटी सबै प्रतियोगिता गरि पछिल्ला २१ खेलमा अपराजित रहेको छ । जसमा उसले १७ खेलमा जित निकालेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर