टोपबहादुरमाथिको छानविनमा एमालेले सहयोग गर्ने निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक र कानुनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय लिएको पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।

विधिको शासन मान्ने र कानुनको शासन मान्ने पार्टीले विधिपूर्वक र कानुनपूर्वक भए गरेका काममा हामीले सहयोग पुर्‍याउनुपर्छ’, उनले भने।
यसैबीच बैठकले केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ। सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको लागि १० वटा एजेण्डा तय गरेको गुरुङले जानकारी दिए ।

 

एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८ गतेबाट सुरु हुँदैछ । बैठकपछि उपमहासचिव गुरुङले पत्रकारलाई दिएको जानकारीअनुसार बैठकले पहिलो एजेण्डाका रुपमा २०७९ साल भदौयता भएको राजनीतिक घटनाक्रमको विषयमा समीक्षासहित अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

दोस्रो एजेण्डामा केन्द्रीय कमिटी बैठकयता भएका सचिवालय बैठकको निर्णय अनुमोदन, तेस्रो आयोग प्रमुखहरुले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने रहेको छ। यसैगरी, चौथो एजेण्डा मिसन ग्रासरुटको समीक्षा रहेको छ। सो प्रतिवेदन सातवटै भौगोलिक र २ गैर भौगोलिक प्रदेशको समीक्षा प्रतिवेदन सो प्रदेशमा संयोजन गर्ने पार्टीका सचिवहरुले राख्ने गुरुङले बताए । सचिव नभएको ठाउँमा प्रदेश कमिटीको इञ्चार्जले प्रतिवदन प्रस्तुत गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर