पाकिस्तानमा इमरान खान पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामावादस्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अलजजिराले जनाएको छ। उनी अदालतमा उपस्थित हुन पुगेका थिए।

पाकिस्तान तहरिक–इ–इन्साफ (पिटिआई) का नेता फवाद चौधरीले मंगलबार ट्विट गर्दै खानलाई पक्राउ गरेको जानकारी दिएका हुन्। जब इमरान अल-कादिर ट्रस्ट मुद्दामा हाई कोर्ट पुगेका थिए, उनलाई पाकिस्तानी रेंजर्सले हिरासतमा लिएको थियो।

के हो अल-कादिर ट्रस्ट केस ?

यो विश्वविद्यालयको विषय हो । इमरानले प्रधानमन्त्री हुँदा गैरकानूनी रूपमा करोडौं मूल्यको जग्गा उपलब्ध गराएको आरोप छ । पाकिस्तानका सबैभन्दा धनी व्यक्तित्व मलिक रियाजले यो खुलासा गरेका हुन् । पक्राउ गर्ने धम्की दिएर इमरान र उनकी श्रीमतीले अर्बौं रुपैयाँको जग्गा आफ्नो नाममा लिएको उनले आरोप लगाएका थिए । पछि रियाज र उनकी छोरीको अडियो पनि लिक भएको थियो । जसमा इमरानकी श्रीमती बुशरा बीबीसँग पाँच क्यारेटको हीराको औंठी मागेको कुरा बाहिर आएको थियो ।

पक्राउ पर्नुअघि इमरानले ममाथि कुनै मुद्दा नरहेको बताएका थिए । मलाई जेल हाल्न चाहन्छन्, म त्यसका लागि तयार छु । उनले भने कि ISI मेरो हत्या गर्न चाहन्छ। तिनीहरूको दासत्वभन्दा मृत्यु नै उत्तम हो। मलाई झुटा आरोपमा फसाइएको छ । –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर