फिल्म ‘सिर्फ एक बन्द काफी है’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भारतीय अभिनेता मनोज बाजपेयी अभिनित फिल्म ‘सिर्फ एक बन्द काफी है’ को ट्रेलर सार्वजनिक भएको छ ।

सत्य घटनामा आधारित यस फिल्ममा मनोज एक वकिलको भूमिकामा छन् जसले एक नाबालिग बालिकाको बलात्कारविरुद्ध लड्ने छन् ।

२ मिनेट २ सेकेन्ड लामो ट्रेलरमा मनोज धर्मको नाममा नाबालिगलाई यौन दुर्व्यवहार गर्ने ढोंगी बाबासँग अदालतमा लडाई लडिरहेका छन् ।

यस फिल्मलाई अपूर्व सिंह कार्कीले निर्देशन गरेका हुन् । दीपक किङ्रानीले लेखेका फिल्मलाई विनोद भानुशाली, कमलेश भानुशाली, आसिफ शेख र विशाल गुरनानीले निर्माण गरेका हुन् ।

जुही पारेख मेहता फिल्मका सहनिर्माता हुन् । फिल्म २३ मे २०२३ मा रिलिज हुने भएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर