वृृद्ध भत्ता काटिने छैन : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको कुनै योजना नभएको स्पष्ट पारेका छन् । बजारमा देश आर्थिक मन्दीमा परेको, कर्मचारीलाई तलब भत्ता खुवाउन गाह्रो भइरहेकाले सरकारले वृृद्धहरूलाई दिइँदै आएको भत्ता नदिने  चर्चा व्याप्त थियो ।

राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले भने, ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन । हामी बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर