आज मंगलबार बेंगलोर र मुम्बई खेल्दै

 काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज मंगलबार एक खेल हुदैछ ।

मुम्बईको घरेलु मैदान वांनखडे क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।

मुम्बई पछिल्लो खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित गरेको थियो । मुम्बई दश खेलमा पाँच जित र पाँच हारका साथ आठौं स्थानमा रहेको छ ।

आजको खेल जितेर मुम्बई प्लेअफ सम्भावना बलियो बनाउँन चाहन्छ ।

बेंगलोरलाई पनि प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक रहेको छ । बेंगलोर दश खेलमा पाँच जित र पाँच हारका साथ अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा बेंगलोर दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।

यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा बेंगलोर बलियो देखिएको छ । पाँच खेलमा चार पटक बेंगलोर तथा एकमा मुम्बई विजयी भएका छन् ।

यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा बेंगलोर आठ विकेटले विजयी भएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर