संसद् भ्रष्टाचारीलाई जोगाउने प्रहशनस्थल जस्तो : तोसिमा कार्की

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष एमालेका सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरु माथि छिटोभन्दा छिटो छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउन लागि चलखेल भइरहेको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा कारबाही गर्न सरकारसँग माग गरे ।

सांसद चौधरीले भने, ‘‘गृह मन्त्रालय, जसले देशमा शान्ति सुरक्षा राख्दछ । त्यसको अस्तित्व हेर्दाखेरी भुटानी शरणार्थी बनाएर सो प्रकरणको ठूलो काण्ड भएको छ । म के आग्रह गर्न चाहन्छु भने यो ठगी प्रकरणलाई, यो गिरोहलाई बचाउनका लागि जुन किसिमको अहिले चलखेल चलिराखेको छ । त्यसलाई पनि कडाभन्दा कडा कारबाही गर्न माग गर्न चाहन्छु । यसमा यो वा त्यो, यो समय र त्यो समय नभनिकन निष्पक्ष रुपमा छानविन गरियोस् । र, दोषीलाई कारबाही गरियोस् ।’’

राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले सो प्रकरणमा देशका ठूल्ठूला निकाय र राजनेताहरुनै संलग्न रहेको आरोप लगाउँदै आक्रोश व्यक्त गरिन् । उनले सबै सांसदहरुको सम्पत्ति संसद सचिवालयको वेबसाइटमा तत्काल सार्वजनिक गरी उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिन माग गरिन् ।

सांसद कार्कीले भनिन् , ‘‘प्रश्न छ–यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहशन स्थल हो रु नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूलाठूला निकाय र राजनेताहरु संलग्न भएको कुरा बाहिर आइरहेको छ । प्रहरीद्वारा पक्राउ पूर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ । एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने रु अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई नै, राज्यलाई नै दलाल स्थापित गराउने अनि के मुखले अनुदान माग्न जाने रु सबै सांसदहरुको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गरियोस् । करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस् ।’’

सांसद कार्कीले संसद भ्रष्टाचारीहरुलाई जोगाउने प्रहशन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर