आज मंगलबार उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । आज मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला ३०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ३०० रुपैयाँले नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर