युक्रेनमाथि रुसको कामिकाजे ड्रोन आक्रमण

काठमाडौं । रुसले ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु गरेपछि युक्रेनभर हवाई आक्रमणको साइरन बजिरहेको छ ।

राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरु घाइते भएका छन्। दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । युक्रेनको रेड क्रसले आफ्नो गोदाममा आक्रमण भएको जनाएको छ । यो कीभमा आठ दिनमा भएको चौथो आक्रमण हो ।

रसियाले विजय दिवस मनाउनु २४ घन्टाअगाडि यो आक्रामण भएको हो । बवजय उत्सवको वार्षिक बिदामा रुसले दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको स्मरण गर्दै आएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर