शरणार्थी प्रकरणमा एक–अर्कालाई जोगाउने काम नहोस् : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा प्रमुख दलहरु मिलिजुली एक–अर्कालाई जोगाउने काम हुन सक्ने संकत गर्दै त्यसो नगर्न खबरदारी गरेका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसद लामिछानेले भने, “शरणार्थीको काण्डमा ताप्केको बिँड तात्यो, तर तात्दै गरेको ताप्के चाहिँ सेलाएको छ। यो ताप्के नेसेलाओस्। सिंगो देश र अन्तर्राष्ट्रिय क्षेत्रले हेरेको छ। दोषी कोही पनि नउम्कियोस्, मिलिजुली एक–अर्कालाई जोगाउने काम नहोस् । हामीले यसलाई अत्यन्त नजिकबाट नियालिरहेका छौँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर