स्वतन्त्र सांसद अमरेशकुमार सिंहद्वारा अर्धनग्नसहित सदनमै विरोध प्रदर्शन

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा आफूलाई बोल्न आकस्मिक समय उपलब्ध नगराएको झोंकमा सोमबार विरोधस्वरूप अर्धनग्न भएका छन् ।

सांसद सिंहले बैठकमा बोल्न पटक पटक समयको माग गरेको तर सभामुखले समय नदिएकाले एकाएक आफूले लगाएको सर्ट र भित्री गन्जी फुकालेर आफ्नो स्थानबाट विरोध गरे ।

अर्धनग्न भएका सिंहलाई सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गर्दै आफूले लगाएको लुगा लगाउन ध्यानाकर्षण गराएका थिए ।

सभामुख देवराज घिमिरेले सिंहलाई प्रतिनिधिसभा नियमावलीको नियम ३० अनुसार चेतावनी दिए। उनले भने, ‘तपाइँ अशिष्ट, अपमानजनक व्यवहार गर्दै हुनुहुन्छ। नियम ३० को आधारमा चेतावनी दिन चाहन्छु। असभ्य व्यवहार नगर्नूहोस्। सभ्यताका साथ नियमअनुसार रहनुहोस्, सदन सञ्चालनमा सहयोग गर्नूस्।’

सभामुखले दिएको निर्देशलाई पालना नगरेको खण्डमा बैठक कक्षबाट बाहिर निकाल्न सक्ने व्यवस्था छ। नियमा भनिएको छ, ‘बाहिर जान आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर जानु पर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर