पेरुको सुन खानीमा आगलागी हुँदा २७ कामदारको मृत्यु

काठमाडौं । पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना मृत्यु भएको छ । पेरूको दक्षिणी क्षेत्रमा अवस्थित सुदूर कोन्डेसुयोस प्रान्तको सुनखानीमा आगलागी हुँदा २७ कामदारको मृत्यु भएको हो ।

प्रहरी अधिकारीका अनुसार एरिक्विपा क्षेत्रमा अवस्थित ला एस्पेरान्जा खानी भित्रको सुरुङमा विद्युतीय सर्ट हुदाँ आगलागी सुरु भएको थियो ।

सो दुर्घटना हेरेका सरकारी अधिकारी जियोभान्नी माटोसका अनुसार खानी भित्र थुनिएका सबै २७ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार खानीमा एक्कासी विस्फोट आवाज सुनिएको थियो । र, वरपर त्रासको बातावरण देखा परेको थियो ।

प्रहरीले भने खानीमा भएको आगलागी परी मृत्यु भएकाको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर सार्वजनिक गरेको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर