केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।

केरलाको मलप्पुरमको तनुर क्षेत्रमा आइतबार साँझ करिब ४० यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा २१ जनाको मृत्यु भएको हो । यस्तै, ७ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् ।

के कारणले डुंगा दुर्घटनाको भएको हो भन्ने खुल्न सकेको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर