गगन थापाको द्विविधापूर्ण ट्विट, जुन अहिले चर्चामा छ…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट विषयवस्तु नखुलाएको तर आफैंमा सबै विषयवस्तु सुस्पष्ट, त्यत्ति मात्र होइन कांग्रेसभित्र उनी रहिरहेको अवस्था र त्यो असह्य स्थितिलाई चिरफार गर्न नसकेको सम्बन्धमा आइतबारको एउटा ट्विटमार्फत उजागर गरेका छन् ।

उनले कहिले प्रक्रिया चित्त नबुझेको, कहिले पद्धति, कति निर्णयहरू मन नपरेको र कति आफूले राखेका विषयले प्रवेश नै नपाएको उल्लेख गरेका छन्। उनको यो अभिव्यक्ति सीधा कांग्रेस पार्टीभित्रको आलोच्यहीन गतिविधिमाथि केन्द्रीत थियो ।

थापाको पछिल्लो ट्विटको पूर्ण विवरण यस्तो छ : “कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर