सूर्तीजन्य  पदार्थको सेवन त्याग्न आग्रह

काठमाडौं । सरकारले अभिभावकलाई सूर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना निकाल्दै अभिभावकले धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा बालबालिकालाई क्यान्सर हुने सम्भावना बढ्ने हुँदा यस्तो आग्रह गरेको हो ।

अभिभावकले सूर्तीजन्य पदार्थको सेवन गर्नाले बालबालिकामा दम, निमोनिया, ब्रोन्काइटिस जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार अभिभावकले सूर्तीजन्य पदार्थको सेवन गर्नले बालबालिकामा बारम्बार रुघाखोकी लाग्ने, कानको सङ्क्रमण भई श्रवण शक्ति समस्या निम्तने गर्छ । धूम्रपानले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणfले बढाउने चिकित्सक बत्ताउँछन् । सूर्तीजन्य पदार्थको सेवनले हरेक वर्ष विश्वभरि ८० लाखभन्दा बढी मानिसको ज्यान लिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर