नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रक्रियाको निष्पक्षतामाथि ओलीको आशंका

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

आफूले र आफ्नो पार्टीले सो प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरालाई किन्चित तलमाथि नगर्ने प्रष्टयाउँदै अध्यक्ष ओलीले सो प्रकरणमा एमालेलाई फँसाउने षड्यन्त्र गर्न खोजिएको शंका व्यक्त गरे ।
एमाले संसदीय दलको आइतबार बसेको बैठकमा उनले भने, ‘यसभित्र कुन–कुन तत्व प्रवेश गरेको छ, सरकारले खोजी गरोस् । दोषीमाथि कारबाही हुनुपर्छ भन्ने कुरामा एमाले तलमाथि गर्दैन ।’

ओलीले एमाले पार्टी सचिव टोपबहादुर रायमाझीको संलग्नताका सन्दर्भमा भने, “मैले त भनेको छु ‘कडाइका साथ छानविन गर्नुस्, कारबाही गर्नुस् । निष्पक्ष छानविनमा एमाले सहयोग गर्न तयार रहेको तर एमालेलाई अनावश्यक आरोप लगाएर घचेट्न खोजिए सह्य हुने छैन । देशको राजनीति बिग्रँदै गएको छ । सरकारको काम जनताको पक्षमा हुन नसकेको छैन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर