बीमा र धितोपत्र बजारसम्बन्धी लाइसेन्स वितरण प्रणाली भ्रष्टाचारको संयन्त्र : डा. वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेता तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले पछिल्लो चरणमा सरकारले बीमा र धितोपत्र बजारसम्बन्धी लाइसेन्स वितरण प्रणालीलाई भ्रष्टाचारको संयन्त्र बनाएको आरोप लगाएका छन् ।

राजधानीमा आइतबार आयोजित नेपाल विजनेश समिट २०२३ को प्यानलिस्टको रुपमा आमन्त्रित गरिएका डा. वाग्लेले धितोपत्र बोर्डले शेयरबजारसँग सम्बन्धित बाँडेको लाइसेन्स वितरणको प्रक्रियालाई उनले भष्टाचारको संज्ञा दिएका हुन् ।

उनले भने, ‘राज्यले लाइसेन्सलगायतका विषयहरु वितरण गर्दा सार्वजनिक खरिद ऐनमा रहेको व्यवस्था अनुसार बोलपत्र आह्वानमार्फत बोलकबोलबाट लाइसेन्स वितरण गर्ने परिपाटी बसाले भ्रष्टाचार हुने थिएन ।’ सोही कार्यक्रममा अर्का प्यानलिस्ट नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले पनि लाइसेन्सको नाममा राज्यले भ्रष्टाचार गर्ने भाँडो बनाएको आरोप लगाए ।

उनले भने, ‘सरकारले निजी क्षेत्रलाई जहिले पनि राजस्वमारा देख्ने राज्य आफैँले निजी क्षेत्रलाई खुला गर्ने नाममा कमाउ धन्दा चलाइरहेको र सरकारले निजी क्षेत्रमैत्री कानुनहरु नबनाएर यो क्षेत्रलाई प्रवेश गराउने नाममा राज्यको सम्पत्ति दुरुपयोग गर्नु जघन्य अपराध हो ।’

निजी क्षेत्रलाई दण्डित गराउन सरकाले बनाएका २१ वटा कानुनका छिद्रहरुबाट सरकारी कर्मचारीहरुले यो क्षेत्रलाई अप्ठ्यारो बनाउने गरेको उनले आरोप लगाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर